images
images

प्याजपछि चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै भारत


  • 1.5K
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    प्याजपछि चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

    काठमाडौं । उखुको उत्पादनमा कमी आएको भन्दै भारतले अक्टोबरदेखि चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरेको छ । प्याजमा ४० प्रतिशत निर्यात कर लगाएपछि भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो । 

    उखुका लागि पानी आवश्यक पर्ने समयमा खडेरी लागेका कारण पर्याप्त उत्पादन हुन नसकेको भन्दै चिनी मिलहरुलाई निर्यात गर्नमा रोक लगाउने तयारी गरिएकोबारे सरकारी अधिकारीहरुले रोयटर्सलाई बताए । घरेलु बजारमा मूल्य स्थिर राख्न प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता देखिएको उनीहरुले बताए । 

    भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए विश्वबजारमा नै चिनीको मूल्यवृद्धि उच्च हुनसक्ने सम्भावना छ । नेपालमा चिनी उत्पादन हुने भएपनि पर्याप्त नहुने र भारतबाट आयात गर्नुपर्ने स्थिति भएका कारण त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ ।


    अक्टोबर महिनाबाट नेपालीहरुको महान् चाड मानिने दशैं, तिहार सुरु हुन्छ । चाडपर्वका समयमा चिनीको खपत तुलनात्मक रुपमा बढी हुन्छ । खपत बढी हुने बेला (अक्टोबर) देखि नै भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको प्रभाव नेपाली बजारमा देखिन्छ । 


    images
    images

    Logo