images
images

१८ फर्ममार्थि वाणिज्य विभागको अनुगमन, ४ व्यापारीलाई नगद जरिवाना


  • 764
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    १८ फर्ममार्थि वाणिज्य विभागको अनुगमन, ४  व्यापारीलाई नगद जरिवाना

    काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार १८  फर्ममार्थि अनुगमन गरेको छ । बधबार बजार अनुगमनको क्रममा विभागले खरिद बिजविजक नराख्ने प्रयाग पोखरी र इमाडोलका एक–एक तथा बाँसबारीका दुईवटा तरकारी पसललाई बुधबार कारबाही गरेको हो ।

    जसमा ४ वटा तरकारी पसल र १ खाद्य बस्तु पसललाई नगद जरिवाना गरेको छ । प्रयाग पोखरीको तरकारी पसललाई २० हजार तथा अन्य तीन पसललाई १०/१० हजार जरिवाना गरिएको छ ।

    विभागले एकान्तकुनामा रहेको एक खाद्यवस्तुको पसललाई खरिद बिजविजक नराखेको भन्दै ५ हजार जरिवाना गरेको छ । त्यस्तै, मखन गल्लीको किराना पसललाई भने ३५ डिब्बा काजु नबेच्न हुन निर्देशन दिईएको छ भने त्यसै गल्लीमा रहेको अर्को किराना पसलेलाई १४ डिब्बा काजु नबेच्ने गरी निज प्रोप्राईटरको जिम्मा लगाईएको छ । 

    नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ ।

     


    images
    images

    Logo