images
images

नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?


  • 957
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । सरुवा सुचीअनुसार केन्द्रिय कारागार सुरक्षामा खटिएका इन्स्पेक्टर श्याम कुमार कटवालको प्रहरी प्रभाग काँडाघारीको प्रमुखमा सरुवा भएको छ।

    गतहप्ता ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर सरुवा भएका उदय शम्सेर ज.व.रा.लाई ललितपुरको इमाडोल प्रभागमा ल्याएको छ भने ईलाका प्रहरी कार्यालय फापरबारीमा हेटौंडास्थित रातोमाटे गणमा कार्यरत इन्स्पेक्टर नारायण थापा गएका छन्।

    काठमाडौं स्थित केन्द्रीय बसपार्कसंगै रहेको प्रहरी प्रभाग नयाँ बसपार्कमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङको सरुवा गरिएको छ।

    त्यस्तै हेटौंडाको ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर दिनेशबहादुर कुँवरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    received_10602142451429211692825418.jpeg

     


    images
    images

    Logo