images
images

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ


  • 366
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना आज पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने तथा सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक ५० हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा १ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज सामाखुसीबाट पक्राउ पक्राउ गरिएको हो ।

    यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुरिषी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

    निजले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु त्यसको लागि ८ लाख लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाइ निज पीडितबाट पटकपटक गरी जम्मा ४ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


    images
    images

    Logo