काठमाडौं । पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बुधबार परेको झरीका कारण बिहान ८ बजे गएको पहिरोले अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि पुनः सुचारु भएको हो ।
विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडकछेउका भित्ता काट्ने काम गरेकाले वर्षासँगै पहिरो झर्ने गरेको छ ।