काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।