images
images

२९ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ५१ करोड 


  • 372
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    २९ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ५१ करोड 

    काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.४७ अंकले बढेर २ हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७३ स्क्रिपको १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार २ सय ४ कम्पनीको शेयर मुल्य बढेको छ । २० कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७४ अंक बढेको छ । त्यसैगरी, यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।सोल्टी होटलको ७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको ४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार कुथेली बुखरी स्मल हाइड्रोपावर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य ९.६४ प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब ९.४५ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo