काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडका दुई योजनाले बुक क्लोजको मिति तय गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेका हुन् ।
यी दुबै फण्डहरुले भदौ १३ गते बुकक्लोज गर्ने भएका हुन् । यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । यी फण्डहरुको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।