images
images

निलम्वनको व्यवस्था खारेज गर्ने माग राख्दै धितोपत्र ब्रोकर एशोसिएसनले बोर्डमा बुझायो ज्ञापनपत्र


  • 319
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    निलम्वनको व्यवस्था खारेज गर्ने माग राख्दै धितोपत्र ब्रोकर एशोसिएसनले बोर्डमा बुझायो ज्ञापनपत्र

    काठमाडौं । निलम्वनको व्यवस्था खारेज गर्ने माग गर्दै धितोपत्र ब्रोकर एशोसिएसनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै एशोसिएसनले ब्रोकरलाई १५ दिन निलम्वनको सट्टा नगद जरिवानाको व्यवस्था गर्ने माग राखिएको बारे जानकारी दिएको हो ।

    धितोपत्र व्यवसायी सदस्यता एवम तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरुलाई हालको ३ दिन निलम्बन गर्ने व्यवस्थालाई संशोधन गरी ३ दिनबाट १५ दिन बनाउने व्यवस्था रहेको छ । यसरी १५ दिनसम्म निलम्बनमा पर्दा त्यसमा आबद्ध लगानीकर्ताहरुलाई यसबाट ठूलो मर्का पर्ने देखिएको भन्दै उक्त व्यवस्थालाई खारेज गरी कम्पनी वा कम्पनीका पदाधिकारीहरुलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न एशोसियसनले माग गरेको छ ।

    सदस्य दलाल कम्पनीमा आबद्धहरुले आफ्नो तथा परिवारको नाममा रहेको शेयर कारोबार गर्नुपूर्व नेप्सेबाट स्वीकृति लिएर मात्रै कारोबार गर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई खारेज गरि कम्पनीका शेयरधनी, कर्मचारी तथा परिवारहरुलाई आफ्नै कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाउँदा नियामक निकायहरुलाई समेत नियमन तथा सुपरिवेक्षण कार्यमा सहयोग पुग्ने एशोसिएसनले जनाएको छ ।

    त्यस्तै, लगानीकर्ताहरु क्लोज आउटको मारमा परी २० प्रतिशत जरिवाना भुक्तान गर्नुपर्ने बाध्यतामा रहेको भन्दै उक्त व्यवस्थालाई परिवर्तन गर्ने तथा क्लोजआउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधि पछि न्यूनतम ३० मिनेटको अक्सन मार्केट सञ्चालन गर्न एशोसिएसनले माग राखेको छ ।

    साथै, हाल धितोपत्र बोर्डबाट लागू भएको २ वटा डिम्याट खाता सम्बन्धी निर्देशनलाई खारेजी गर्दै डिम्याट खातालाई लगानीकर्ताहरुको आवश्यकता अनुसार खुला छोड्न माग समेत एशोसिएसनले गरेको छ ।


    images
    images

    Logo