काठमाडौं । मंगलबार नेप्से बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.६९ अंकले बढेर २ हजार १५ दशमलव ९८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७७ स्क्रिपको १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ६० लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार १ सय ८१ कम्पनीको शेयर मूल्य बढेको छ । ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ । यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ।
मंगलबार सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर विक्री भएको छ । कम्पनीको २८ करोड ५९ लाख रुपैयाँ संस्थापक शेयर विक्री भएको हो ।त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, इङवा हाइड्रोपावरको ८.९१ प्रतिशत, माई खोला हाइड्रोपावर ८.९० प्रतिशत, मकर जितुमाया सुरि हाइड्रोपावर ८.४२ प्रतिशत र छ्याङ्दी हाइड्रोपावर ८.२५ प्रतिशतले बढेको छ ।



