काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा कुथेली बुखरी स्मल हाइड्रोपावरको कारोबार भएको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता ४७९ रुपैयाँमा पहिलो कारोबार भएको हो।
आइतबार मात्र यस कम्पनीको कुल १२ लाख १८ हजार ६ सय ७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
यही रेञ्जका आधारमा यस दिन स्पेशल प्रिओपन सेसनमा हाइ रेञ्जमा कम्पनीको पहिलो कारोबार भएको हो। साे समाचार तयार पार्दा कम्पनीकाे शेयर मुल्य सकारात्मक सर्किट लागेकाे छ ।