images
images

सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 323
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा   आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले कुल ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीयो निष्काशन गर्न लागेको छ । जसमध्ये कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    त्यस्तै ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँमा प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo