काठमाडौं । मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आइतबार बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल १३ लाख १६ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये १३ लाख ११ हजार ५ सय १७ जनाको आवेदन मात्र योग्य भएको छ । बाँकी आवेदकको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार २ लाख २७ हजार ६ सय ६२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि साउन २८ गतेदेखि २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरेको थियो ।