काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक नेप्से २२ अंकले घटेको छ । साताको पहिलो दिन सामान्य उतारचढाव बीच नेप्से १ प्रतिशतभन्दा बढीले घट्न पुगेको हो । आज बजारमा १ अर्ब ४४ करोड बराबरको शेयर कारोवार भएका छन् ।
आज बजारमा कारोवार भएका २२७ कम्पनीहरुमध्ये १९० कम्पनीहरुको शेयरमूल्य बढेको छ । २९ कम्पनीको शेयरमूल्य बढ्दा ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज कारोवार भएका सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी जलविद्युत् तथा उत्पादनमूलक क्षेत्रका कम्पनीहरुमा गिरावट देखिएको छ ।
आजको बजार गिरावटलाई बैंकिङ क्षेत्रको व्याजदर तथा राजनीतिक गतिरोधसँग तुलना गरेर हेरिएको छ । आज दिनभर सभामुख र प्रधानमन्त्रीले गरेको संसद खुलाउने प्रयास असफल भएपछि एक महिनादेखिको राजनीतिक गतिरोध अझै लम्बिएको छ । यसको असर शेयरबजारमा परेको हो ।
त्यस्तै, भदौदेखि लागू हुनेगरि बैंकले बढाएको व्याजदरको प्रभावसमेत बजारमा परेको देखिन्छ ।



