काठमाडौं । एक कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख १८ हजार ६ सय ७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यसअघि कम्पनीले सर्वसाधारण, प्रभावित क्षेत्रका बासिन्दा, कर्मचारी तथा सामूहिक लगानी कोष समेतको लागि सो बराबरको साधारण शेयर बिक्री गरेको थियो ।
सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ ।