images
images

सिनर्जी पावरको ५० प्रतिशत हकप्रद शेयर आजदेखि


  • 359
    SHARES
  • २०८० भाद्र ३ गते आइतबार

    सिनर्जी पावरको ५० प्रतिशत हकप्रद शेयर आजदेखि

    काठमाडौं । सिनर्जी पावरको हकप्रद शेयर आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले १ः०.५ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । 


    अर्थात कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

    हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। 

    कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

    कम्पनीले उक्त हकप्रदबाट प्राप्त पुँजी सोलुखुम्बुमा निर्माणधिन २२ मेगावाटको होङ्गुखोला ए जलविद्युत् आयोजनामा खर्च गर्दैछ । उक्त आयोजनाको विद्युत् खरिदका लागि २०७५ मै नेपाल विद्युत् प्राधिकरणसँग समझदारी भइसकेको छ ।


    images
    images

    Logo