images
images

दोस्रो दिनसम्म सन नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ? 


  • 913
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    दोस्रो दिनसम्म सन नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ? 

    काठमाडौं । दोस्रो दिनसम्म सन नेपाल लाइफको आईपीओमा १ अर्ब ९३ करोड ७५ लाख ५६ हजार २ सय ७० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा शुक्रबार (भदौ १ गते) साँझ १०ः०६ बजेसम्ममा ६ लाख ९८ हजार ६ सय ९ जना सर्वसाधारण आवेदकहरुले ८१ लाख ६ हजार ९ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । 

    यो सर्वसाधारणका लागि छुट्टाइएको ७६ लाख ८० हजार कित्ता सेयर भन्दा १.०६ गुणा बढी आवेदन हो । सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफ इस्योरेन्सले बिहीबार (साउन ३२ गते) देखि सर्वसाधारणलाई प्रिमियम मुल्यमा आईपीओ बिक्री खुला गरेको हो । यस  इस्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । 

    यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । 

    त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

    सो कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटल रहेको छ । 

     


    images
    images

    Logo