images
images

सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा 


  • 472
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा 

    काठमाडौं ।  सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । सिद्धाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले लाभांश घोषणा गरेको हो । 

    जस अनुसार सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। 

    त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सर्वजनिक गरेको क्यापिटलले जनाएको छ । 

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भने लाभांश वितरण नगर्ने भएको छ । यसले इकाइधनीको हाल खालि बनाउने भएको छ । 

     

     


    images
    images

    Logo