images
images

माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने समय पुनः थपियो


  • 582
    SHARES
  • २०८० भाद्र १ गते शुक्रबार

    माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने समय पुनः थपियो

    काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय पुनः थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा लागि निष्काशन गरेको आईपीओमा अब भदौ १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

    कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । जसमध्ये ५ लाख ७१ हजार ४ सय ३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई छुट्याइएको छ  भने २ लाख ८५ हजार ७ सय २० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८ सय ५० कित्ता शेयर बाँडफाँट गरिनेछ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo