काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सामुदायिक लघुवित्त र प्रभु लाइफ इस्योरेन्स रहेका छन् ।
सामुदायिक लघुवित्तले १० प्रतिशत बोनस बापत १ लाख ३२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, प्रभु लाइफ इस्योरेन्सले ९.८ प्रतिशत बोनस बापतको १९ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।