images
images

११ बैंकको व्याजदर बढ्दा पनि शेयर बजार बढ्यो 


  • 510
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    ११ बैंकको व्याजदर बढ्दा पनि शेयर बजार बढ्यो 

    काठमाडौं । ११ बैंकको व्याजदर बढ्दा पनि विहीबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । भदौ १ गतेदेखि लागु हुनेगरि बाणिज्य बैंकले व्याजदर सार्वजनिक गरेका छन् । बाणिज्य बैंकले व्याजदर सार्वजनिक गरेअनुसार ११ बैंकको व्याजदर बढेको छ । केही बैंकको व्याजदर घटेको छ भने केही बैंकको व्याजदर स्थिर छ । 

    ब्याज बढाउने बैंकहरुमा नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक रहेका छन्।

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।  

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.०१ अंकले बढेर २ हजार ३३ दशमलव १३ विन्दुमा पुगेको छ । विहीबार २ सय ७१ स्क्रिपको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४० लाख ९ हजार कित्ता शेयर किनबेच भएको छ । १ सय ३५ कम्पनीको शेयर मुल्य बढेको छ । ७८ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६७ करोडको शेयर कारोबार भउको थियो । १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ।
     
    आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo