काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर भदौ १८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ः१ को अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । अर्थात हाल १ कित्ता शेयर भएका शेयरधनीहरुले नयाँ १ कित्ता शेयर पाउने छन् ।
कम्पनीले हकप्रद निष्काशनका लागि साउन २६ गते बुक क्लोज गरेको थियो । तसर्थ साउन २५ गतेसम्म कायम भएका शेयरधनीले मात्र उक्त कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन् ।
लगानीकर्ताले सो हकप्रद शेयरमा असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।