images
images

हिमालयन क्यापिटलको म्युचुअल फण्ड ८०-२० आजदेखि


  • 343
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    हिमालयन क्यापिटलको म्युचुअल फण्ड ८०-२० आजदेखि

    काठमाडौं । हिमालयन क्यापिटलको म्युचुअल फण्ड ८०-२० आजदेखि निष्काशन हुने भएको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०-२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको छ । जसमध्ये  १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने क्यापिटलले जनाएको छ । 

     उक्त फण्डमा न्युनतम १०० इकाई र अधिकतम १ करोड ईकाईको लागि दिन सकिनेछ । यस्तो निष्काशन बन्द छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १५ हुनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo