काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । जसअनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।
कम्पनीले असार २७ देखि १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशगरेको थियो । सोही शेयर आज बाँडफाँट गरिएको हो ।