काठमाडौं । शेयर बजार आज पनि घटेको छ । सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरतन्तरता दिएको हो । अिजो पनि सामान्य अंकले घटेको बजार आज २०.३१ अंकले घटेर २ हजार २५ दशमलव १२ विन्दुमा पुगेको छ ।
बुधबार २ सय ६९ स्क्रिपको १ अर्ब ६७ करोड रुपैयाँ बराबरको ४८ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ। आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८५ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
बुधबार सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सनराइज फोकस्ड इक्विटी फण्डको ४ प्रतिशतले बढेको छ । बलेफी हाइड्रोपावरको ३.९९ प्रतिशत, स्वरोजगार लघुवित्तको ३.७७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको २.४० प्रतिशत र कुमारी धनवृद्धि योजना २.२१ प्रतिशतले बढेको छ ।



