काठमाडौं । अब प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली २०८० लाई स्वीकृति गरेको छ । योसँगै प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने भएका हुन् ।
हाल पब्लिक कम्पनीमा रुपान्तरण भएको २ वर्षपछि मात्रै सर्वसाधारणलाई आईपीओ जारी गर्न पाउने व्यवस्था छ । अब भने २ वर्षदेखि कारोबार गरिरहेको कम्पनीले पब्लिकमा रुपान्तरण भएलगत्तै आईपीओ जारी गर्न पाउने छन् ।