images
images

मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 274
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले कुल २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरेको छ । स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६ सय २० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमा कम्पनीले ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo