images
images

रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय


  • 1.2K
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय गरिएको छ । कम्पनीको आईपीओ बुधबार साँझ ५:३० बजे बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने भएको छ । 

     उक्त कम्पनीको आईपीओमा कुल १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । जसअनुसार ९ लाख ६० हजार जनाले मात्र उक्त शेयर पाउने भएका छन् । 

    कम्पनीले असार २७ देखि १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशगरेको थियो । सोही शेयर भोली बाँडफाँट गर्न लागिएको हो । 


    images
    images

    Logo