काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोमबार ५ बजे बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएकाे छ । जस अनुसार १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।