images
images

रिडी पावरलाई हकप्रद सेयर निष्काशन गर्न आयोगले दियो अन्तिम स्वीकृति


  • 368
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    रिडी पावरलाई हकप्रद सेयर निष्काशन गर्न आयोगले दियो अन्तिम स्वीकृति

    काडमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

    कम्पनीको असार ८ गते सबेको बिशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर निष्काशन गर्नेछ ।

    उक्त हकप्रद सेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्ताहरुलाई निष्काशन गर्नेछ ।


    images
    images

    Logo