images
images

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम २ अर्बमाथि


  • 302
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकम २ अर्बमाथि

    काठमाडौं । पछिल्ला तीन कारोबार दिन निरन्तर उकालो लागेको नेप्से, सोमबार भने सामान्य अंक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६१ अंकले घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा पुगेको छ । 

    सोमबार कारोबारमा आएका २ सय ७९ स्क्रिपको २ अर्ब ९ करोड रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज ६८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, सोल्टी होटलको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ८ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज थ्री स्टार हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ भने अपर सांगे हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ ।  त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।

     


    images
    images

    Logo