images
images

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति तोकियो, कति जनाले पाउँछन् ?


  • 2.0K
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति तोकियो, कति जनाले पाउँछन् ?

    काठमाडौं । अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति तय भएको छ । कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आईपीओ भोलि  अथात् सोमबार बाँडफाँड हुने भएको हो । आइपीओ बाँडफाँडको साँझ ५ बजे हुने भएको विक्री प्रबन्धकले जनाएको छ । 

    सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

    सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन साँझ ५ः०६ बजेसम्ममा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ३२ हजार २ सय १० कित्ता शेयरको लागि आवेदन परेको हो ।

    कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 

     

     


    images
    images

    Logo