काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा अब साउन ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले कुल ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४ सय लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। जसमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई छुट्याइएको छ भने १ लाख ८७ हजार १ सय कित्ता सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



