काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फण्डले निष्काशन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असार २२ गते एनआईबिएल स्टेबल फण्ड निष्काशन अनुमति दिएको हो।
अब क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्काशन गर्नेछ । यो बन्दमुखी योजना हो।
यसको योजना व्यवस्थापनमा एनआईबिएल एस क्यापिटल रहेको छ।