काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २३.७९ अंक घटेर २ हजार ६६ दशमलव ५ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो।
गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३० खर्ब ६१ अर्बमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार ३८.३७ अंकले बढेर २ हजार ५१ दशमलव ४७ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ३.२१ अंकले बढेर २ हजार ४८ दशमलव २६ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार २८.४० अंकले बढेर २ हजार १९ दशमलव ८५ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ४१.०६ अंकले बढेर २ हजार ६० दशमलव ९१ अंकले बढेर १ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन विहीबार ५.१३ अंकले बढेर २ हजार ६६ दशमलव ५ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत बढेको छ।
यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशत घटेको छ। अंकका आधारमा यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६३.५९ अंक घटेको छ।
यस साता ८ कम्पनीको कुल १४ करोड १९ लाख २१ हजार ३ सय ४६ कित्ता शेयर खरिदबिक्री भएको छ। यस साता ३ कम्पनीको मर्जरपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो भने एक म्युचुअल फण्ड र १ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।सूर्योदय वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यसैगरी, यस साता तीन कम्पनीको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको छ। यसरी सुचीकृत हुनेमा थ्रीस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र घोराही सिमेन्टको आईपीओ नेप्सेमा सुचीकृत भएको हो ।



