काठमाडौं । कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले लाभांश घोषणा गरेको हो ।
कोष व्यवस्थापक कुमारी क्यापिटलको विहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । जस अनुसार क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित १० प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ । त्यस्तै कुमारी धनबृद्धि योजनाले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ६ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा क्यापिटलले गरेको छ ।
साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ।