काठमाडौं । अरुण काबेली पावरको शतप्रतिशत हकप्रद निष्कासन गर्ने मिति परिवर्तन भएको छ । कम्पनीले भदौ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद जारी गर्ने लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्ने छ ।
जसका लागि कम्पनीले असार २५ गते बुक क्लोज गरेको हुदाँ असार २४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।