images
images

सनराइज फर्स्ट म्युचुअल फण्डले गर्यो लाभांश घोषणा


  • 285
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    सनराइज फर्स्ट म्युचुअल फण्डले गर्यो लाभांश घोषणा

    काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको हो । 

    जस अनुसार क्यापिटलले  सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित १६ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ ।

    क्यापिटलले  १६ प्रतिशतका दरले  १३ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

     


    images
    images

    Logo