images
images

सामान्य अंक बढेर बन्द भयो नेप्से, २ अर्ब १५ करोडको कारोबार 


  • 256
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    सामान्य अंक बढेर बन्द भयो नेप्से, २ अर्ब १५ करोडको कारोबार 

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१३ अंकले बढेर २ हजार ६६ दशमलव ५ विन्दुमा पुगेको छ । आज  २ सय ६९ स्क्रिपको २ अर्ब १५ करोड रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८८ करोडको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

    आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ८ करोड ४० लाखमाथिको शेयर कारोबार भएको छ ।

    यस दिन अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.०९ प्रतिशले शेयर मूल्य बढेको छ । त्यसैगरी, यस दिन सिंगटी हाइड्रो इनर्जीको साढे ७ प्रतिशले शेयर मूल्य बढेको छ  भने श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साढे ६ प्रतिशले शेयर मूल्य बढेको छ । 

     


    images
    images

    Logo