काठमाडौं । तीन कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा थ्रीस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र घोराही सिमेन्ट रहेका छन् ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्काशन गरेको कुल १२ लाख ३१ हजार २ सय ५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३६ लाख ९३ हजार ७ सय ५० कित्ता गरेर कुल ४९ लाख २५ हजार कित्ता आईपीओ सुचीकृत भएको हो ।
नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ८५ रुपैयाँ ६५ पैसादेखि अधिकृतम २ सय ५६ रुपैयाँ ९५ पैसासम्म ओपनिङ रेञ्ज तोकको छ ।
त्यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्काशन गरेको कुल ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १३ लाख ३० हजार गरेर कुल २२ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।
नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ५४ पैसादेखि अधिकृतम २ सय ५३ रुपैयाँ ६२ पैसासम्म ओपनिङ रेञ्ज तोकको छ ।
त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । जसमा सर्वसाधारण शेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत) को ७९ लाख ४३ हजार ८ सय १ कित्ता र संस्थापक शेयरधनीको ३ करोड १७ लाख ७५ हजार २ सय ५ कित्ता गरि जम्मा ३ करोड ९७ लाख १९ हजार ६ कित्ता आईपीओ नेप्सेमा सुचीकृत गराएको हो ।
नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि २ सय २६ रुपैयाँ ६१ पैसादेखि अधिकृतम ६ सय ७९ रुपैयाँ ८३ पैसासम्म ओपनिङ रेञ्ज तोकको छ । यी तीनै कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।



