images
images

लक्ष्मी म्युचुअल फण्डका दुई योजनाको बुक क्लोजको मिति तय 


  • 361
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    लक्ष्मी म्युचुअल फण्डका दुई योजनाको बुक क्लोजको मिति तय 

    लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेका छन् । यी दुबै फण्डहरुले साउन ३२ गते बुकक्लोज गर्ने भएका हुन् । 

    यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी उन्नती कोषले करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

    यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

     

     


    images
    images

    Logo