काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ४३ बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ ।
बोर्डले एक सुचना प्रकाशित गरी धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम अनुमति तथा नवीकरणको लागि योग्यता कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक बर्ष २०८०/८१ को लागि धितोपत्रको निष्काशन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न अनुमति प्रदान तथा नवीकरण गरिएको बोर्डले जनाएको छ।
जसअनुसार २० वटा बाणिज्य बैंक र ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुको आस्वा सदस्यता नवीकरण भएको छ । यसैगरि क्षेत्रीस्तरका ४ वटा विकास बेंक र अन्य ११ वटा फाइनान्स कम्पनीहरुको आवस्था सदस्यता पनि नवीकरण गरिएको बोर्डले जनाएको छ ।
यससँगै अव यी ४३ बैंक तथा वित्तीय संस्थामार्फत मात्र शेयरको सार्वजनि तथा निष्काशन अथात् आईपीओ, एफपीओ वा हकप्रद शेयरमा आवेदन दिनसकिने छ ।




