images
images

अरुण काबेलीको हकप्रद शेयर भदौ ८ गतेदेखि


  • 417
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    अरुण काबेलीको हकप्रद शेयर भदौ ८ गतेदेखि

    काठमाडौं । अरुण काबेलीको हकप्रद शेयर भदौ ८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

    कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    कम्पनीले हकप्रद निष्काशनका लागि असार २५ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ असार २४ गतेसम्म कायम भएका शेयरधनीले मात्र उक्त कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन् । 

    लगानीकर्ताले सो हकप्रद शेयरमा भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo