काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि साउन २६ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ साउन २५ गतेसम्म कायम भएका शेयरधनीले मात्र उक्त कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन् ।
कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।