काठमाडौं । बुधबार नेप्से बढेर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो।
पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार भने बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०६ अंकले घटेर २ हजार ६० दशमलव ९१ विन्दुमा पुगेको छ ।
बुधबार कारोबारमा आएको २ सय ६५ स्क्रिपको १ अर्ब ८८ करोड रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार १ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज काराेबारमा आएका २ सय कम्पनीकाे शेयर मुल्य बढेकाे छ । १८ कम्पनीकाे शेयर मुल्य घटेकाे छ भने २ कम्पनी स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ इस्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
वुधबार हिमालयन लघुविवत्तको ९.८३ प्रतिशतले बढेको छ । सुपरमादी हाइड्रोपावरको ९.७५ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ९.७५ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ९.३९ प्रतिशत र एशियन हाइड्रोपावरको ८.९१ प्रतिशतले बढेको छ ।



