images
images

सन नेपाल लाइफको आईपीओ साउन ३२ गतेदेखि, प्रतिकित्ता कति पर्छ मूल्य ?


  • 804
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    सन नेपाल लाइफको आईपीओ साउन ३२ गतेदेखि, प्रतिकित्ता कति पर्छ मूल्य ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ साउन ३२ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीयो निष्काशन गर्न लागेको छ । जसमध्ये कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    त्यस्तै ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँमा प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा भदौ ४ र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

    कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo