काठमाडौं । नेप्सेले मंगलबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । आइतबारदेखि घटेको बजारले आज पनि निरन्तरता दिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.४० अंकले घटेर २ हजार १९ दशमलव १९ दशमलव ८५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ६५ स्क्रिपको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
मंगलबार कारोबारमा आएका २२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९८ कम्पनीको शेयर मुल्य घटेको छ । २ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज पनि आईएमई लाइफको नै सर्वाधिक कारोबार भएको छ । हिजो पनि कम्पनीको सर्वाधिक कारोबार भएको थियो । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाको शेयर सर्किट लागेको छ । अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।



