काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गत संचालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डको प्रतिइकाइ १० रुपैयाँका दरले ७ करोड ५० लाख ५२ हजार ३ सुय ९० इकाइ मंगलबारदेखि कारोबार योग्य हुने गरी नेप्सेमा सूचीकृत गराएको हो ।
इकाई बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।