काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । असार ३१ देखि साउन १४ गतेसम्म निष्काशन गरिएको आइपीओ आज बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । क्यापिटलका अनुसार यस आइपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जनाको आवेदन योग्य छ ।
क्यापिटलका अनुसार न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोजिम शेयर पाएका छन् । त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९ हजार ७ सय ४३ आवेदकहरुले ४० कित्ताका दरले शेयर पाएका छन् ।
त्यसैगरी ५० देखि २ हजार कित्ता सम्म माग गर्ने १९ हजार ७ सय ४३ जनालाई गोलाप्रथामा समावेश गराई १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्ताका दरले शेयर पाएका छन्।
आइपीओको नतिजा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओको नतिजा हेर्न तयार पारेकोको वेबसाइटबाट हेर्न सकिने छ।



