images
images

नेप्सेमा गिरावट कायमै, ११६ कम्पनीकाे शेयर मूल्य बढ्दा २ अर्ब ३३ करोडको कारोबार 


  • 343
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    नेप्सेमा गिरावट कायमै,  ११६ कम्पनीकाे शेयर मूल्य बढ्दा २ अर्ब ३३ करोडको कारोबार 

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ३८ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि गिरावटलाई निरन्तरता दिएको हो।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले घटेर २ हजार ४८ दशमलव २६ विन्दुमा पुगेर छ । सोमबार २ सय ६७ स्क्रिपको २ अर्ब ३३ करोड रुपैयाँको ६६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेका छ भो बाँकी ३ उपसमूहको परिसूचक घटेको छ । आज कारोबारमा आएका १ सय १६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन नेपाल रिपब्लिक मिडियाको शेयर शेयर मूलय ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयर मूल्य ९.७४ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

     


    images
    images

    Logo